काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् ।
मन्त्री किरातीले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भईरहेको बताएका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनल पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए । उनले इजरायलबाट नेपालीको उद्दार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए ।
त्यसैले पर्यटन प्रर्वद्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले जोड दिए ।
“अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ । दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौं । तिहार पछाडि १० ओटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ । त्यो १० वटामा केही ठूला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहारलगत्तै किन्ने तयारीमा छौं” किरातीले भने ।