आज :

जाजरकोटमा आज पुनः गएको शक्तिशाली भूकम्पमा परी चारजना घाइते, बाँकी घरहरु भत्किए 

  • अनलाइन डबली

काठमाडौं । जाजरकोट केन्द्र बनाएर आज पुनः ठूलो भूकम्प गएको छ ।  अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रहरीका अनुसार दिउँसो र सबै घर बाहिर भएकोले ठूलो मानवीय क्षति नभएपनि एक दर्जनजति घाइते भएका छन् । चारजनालाई उपचारको लागि स्वस्थ्य संस्था ल्याइएको छ भने बाँकीको अवस्था सामान्य रहेको छ ।

शनिबार राति गएको भूकम्पका पराकम्पन गइरहेका छन् । आज शनिबार राति पछिको ठूलो भूकम्प गएको हो ।

आज गएको भूकम्पले यसअघि चर्किएका घरहरु भत्किएका छन् ।

गत शुक्रवार राति गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal