आज :

कर्णाली रंगशालाको विभिन्न व्यक्तिद्वारा अवलोकन,निर्माण कार्य उत्कृष्ट रहेको प्रतिक्रिया

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन अवश्थामा रहेको प्रदेश रंगशालाको  विभिन्न  व्यक्तिहरुले अवलोकन भ्रमण गर्दै निर्माण कार्य उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

गत भदौमा पूर्वमन्त्रीदेखि ईन्जिनियरसम्मले अवलोकन भ्रमण गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदको नेतृत्वमा नमुना योग्य रंगशाला बनिरहेको बताएका हुन् ।

उनीहरुले अनुगमन निरीक्षण र अवलोकनको क्रममा आत्मसाथ गर्नलायक सुझाव–सल्लाहा समेत दिएको कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिब विश्वामित्र संज्यालले बताए ।

अवलोकन भ्रमण गर्दै पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता प्रेम बहादुर सिंहले आफू निर्माण कार्यप्रति निकै सन्तुस्ट रहेको र उदाहरणीय कार्य भएको प्रतिक्रिया दिए।

प्रदेश स्तरमा सुविधा सम्पन्न रंगशाला निर्माण हुनु आफैमा महत्वको विषय भएको बताउँदै सिंहले रंगशाला निर्माण र संचालनमा सबै पक्षको सहयोग रहनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत प्राधिकरणका ईन्जिनियर खगेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको प्रदेश रंगशालाको स्थलगत अवलोकन गर्दै निर्माण कार्य द्रुत गतिमा चलिरहेको र युद्धस्तरमा काम गर्ने टिमलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

ईन्जिनियर शाहीले कर्णाली प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्नु सिंगो कर्णालीको लागि गौरवको विषय भएको धारणा राखे । उनले गरे के हुँदैन भन्ने उदाहरण कर्णाली प्रदेश खेलकुद परिषदले पुष्टि गरेको र मुख्यतः सदस्य सचिब संज्यालको भूमिका अतुलनिय भएको बताए ।

“उचित क्षमता भएको व्यक्तिलाई उचित ठाउँमा जिम्मेवारी दिदा परिणाम पनि उत्कृष्ट आउँछ, शाहीले भने, सदस्य सचिब विश्वामित्र संज्याल ईन्जिनियर भएको र उहाँको काम प्रशंसनिय छ ।”

मनोपरामर्शदाता अञ्जु शाहले अवलोकन पश्चात खुसि हुँदै भनिन्“मैले त सोच्दै सोचेको थिइन,तर आज अन्तराष्ट्रिय स्तरको रंगशाला बनेको देखेर मेरो खुशिको सीमा नै छैन ममा ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal