आज :

सिंहदरबारका सम्पूर्ण कार्यालयमा शनिबार किन हुँदैछ विद्युत आपूर्ति बन्द ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी प्रशारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal