आज :

प्रधानमन्त्री नेतान्याहूको राजिनामा माग्दै लाखौंँ इजरायली सडकमा, गाजामा हमला रोक्न माग

  • अनलाइन डबली

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजिनामा माग्दै लाखौं इजरायली नागरिकहरु सडकमा निस्किएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानलाई पनि अस्वीकार गर्दै गाजामा हमला जारी राखेको विरोधमा राजधानी तेल अविवदेखि विभिन्न शहरमा लाखौंँ मानिसहरु सडकमा निस्किएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हमासले बन्धक बनाएका मानिसहरुको मुक्तिको लागि युद्धविराम गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन भएका हुन् । हमासले दुईजनाको रिहाई गरिसक्दा पनि इजरायलले गाजामा मानवीय सहयोग समेत जान नदिएको विरोध भइरहेको छ ।

गाजामा भइरहेको हमला रोक्नुपर्ने भन्दै विश्वभरबाट इजरायललाई गरिएको आग्रहलाई अस्वीकार गरेपछि मध्यपूर्वमा नेतान्याहूविरुद्ध ठूला ठूला प्रदर्शन भइरहेका छन् ।

गाजामा इजरायलले गरेको हमलाको विरोधमा विश्वसका १२० देशले विपक्षमा मतदान गरेका थिए । अमेरिकासहित १४ देशले मात्रै इजरायलको पक्षमा उभिएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिवले नेपालबाटै पनि इजरायललाई गाजामा भइरहेको हमला रोक्न आह्वान गरेका थिए । तर, इजरायलले भने वेष्ट बैंकमा समेत हमला गरेको छ ।

गाजामा जमिनबाट पनि अप्रेशन चलाएको छ । तर, इजरायलले जमिनी अप्रेशन सफलता हात लाग्न सकेको छैन । हमासले इजरायलका दर्जनौं ट्यांकहरु ध्वस्त बनाइदिएपछि अहिलेसम्म सीमाबाट पाँच किलोमिटर भन्दा अगाडि बढ्न सकेको छैन ।

गाजालाई चारैतिरबाट नाकाबन्दी गरेर जारी राखेको हमलाको विरोधमा विभिन्न देशमा इजरायलप्रति आक्रोस बढ्दो छ । केही दिन पहिले दागेस्तानको विमानस्थलमा इजरायली खोज्दै विरोधी प्रदर्शन भएको थियो । आक्रोसित भिडले विमानस्थलका सुरक्षा सीमा पार गर्दै यहुदी अर्थात इजरायलीलाई खोज्न थालेको थियो ।

दागेस्तान सरकार प्यालेस्टाइनको पक्षमा उभिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal