आज :

नयाँ सडक न्युरोड स्थित ‘न्युरोड नेपाली जुत्ताघर ’ मेला संचालनमा, अन्तर्राष्ट्रिय ब्राण्ड संग प्रतिस्पर्धा गर्ने मुख्य उदेश्य

  • अनलाइन डबली

काठमाडौँ ।  नेपालि जुत्ता उद्योगी समुहले नयाँ सडक न्युरोड स्थित न्युरोड नेपाली  जुत्ताघर मेला संचालनमा ल्याएको छ ।  नेपालीहरुको दोश्रो ठुलो चाड तिहारलाइ लक्षित्  तथा अन्तर्राष्ट्रिय ब्राण्ड संग प्रतिस्पर्धा मुख्य उदेश्य गरि न्युरोड मलमा   स्वदेशी उत्पादनका नयाँ आकर्षक जुत्ताहरु विशेष छुट साहित् बुधबार बाट संचालमा ल्याएको हो ।

न्युरोड जुत्ता घरमा  विभिन्न ८ नेपालि जुत्ता उधोगबात उत्पादित जुत्ताहरुका स्टल रहेका छन् ।

 

 

न्युरोड जुत्ता घर सुभारम्भ एक कार्येक्रमका बीच स्वदेशी जुत्ता उद्योगीहरुले बाहिरि मुलुकबाट चोरि पौथारी भएर आएका बिदेशी जुत्ताका कारण नेपालि जुत्ता उद्योगीले नुक्सानी भोग्दै आएको बताए । देसै भरि १५ सय सानाठूला उधोगहरु संचालमा रहेता पनि यसलाई प्रवर्धन गर्न राज्यबाट साथ् सहयोग निकै फितलो भएको गुनासो उद्योगीहरुले गरे । बिगतमा राज्यबाट उद्योगहरु र उत्पादनलाइ प्राथमिकतामा राखी सहुलियेत ऋण आकर्षक ब्यादरको ब्यबस्था रहेकोमा अहिले यस्तो सुबिधा कट्टा हुदा कुल उत्पादन क्षमता भन्दा ४० प्रतिशत मात्रा उत्पादनमा सिमित हुन बाध्य भएको उनीहरुले बताए ।

स्वदेशी उत्पादनलाइ प्रवर्धन गर्न उपभोक्ता बीच प्रतक्ष जाने उदेश्यले नै खुल्ला नेपालि जुत्ता पसल अभियान अन्तरगत वृहत जुत्ता मेला आयोजना गरिदै आएको उद्योगीहरुले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal