आज :

कोशीमा प्रदेशका मुख्यमन्त्री कार्की एमालेको मिसनमा उपयोग नहुने, गरे यस्तो अपील

  • अनलाइन डबली

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सर्वदलीय संयुक्त सरकारका लागि अपिल गरेका छन् ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशमा सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।

संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै कार्कीले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको उनले बताए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका कार्कीले मुख्यमन्त्रीको जिम्मेवारी पनि त्यसैअनुसार निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

काँग्रेसका एक नेताले एमालेले सत्ता गठबन्धनविरुद्ध उपयोग गर्ने मिसनबाट कार्की बाहिर निस्किएको बताए । उनले कोशीबाट संघ र अन्य प्रदेशमा पनि सरकार ढाल्यो एमाले मिसन पूरा हुन नदिने कुरामा कार्कीले गठबन्धनका शिर्ष नेताहरुलाई विश्वास दिलाइसकेका छन् ।

“मैले एमालेको मिसन बुझेको छु, त्यसबाट म बाहिर निस्किसकेको छु” कार्कीले पार्टीको बैठकमा भनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal