आज :

प्रतिनिधिसभा बस्दै, यस्तो छ कार्यसूची

  • अनलाइन डबली

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा आज बस्दै छ ।

आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उनले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०“ र “भन्सार विधेयक, २०८०“ लाई पेस गर्नेछन् ।

साथै सभामुखले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ ।

आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेसगर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal