आज :

गरिबी र भ्रष्टाचार नियन्त्रण सबै दलको साझा विषय हुनुपर्छ: रबि लामिछाने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय देशको गरिबी र भ्रष्टाचार भएको बताएका छन् ।

आज नेपाली काङ्ग्रेसको चियापान कार्यक्रममा उनले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको भन्दै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै भएको बताए । उनले भने, ‘सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय छ । देशको गरिबी हो, भ्रष्टाचार हो । चुनावका हिसाबले लड्नु पर्ने कुरा बेग्लै होला, हामी चुनाव बाहेक अरु विषयमा लड्ने कुरा छैन् । हामीले लड्नु पर्ने विषय नै साझा हो । राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन् ।’

बीपी कोइरालासँग तुलना गर्ने सामथ्र्य नभएको भन्दै बीपी आदर्शहरुलाई आत्मसाथ मात्रै गर्न सक्ने बताउँदै लामिछानेले भने, ‘कहाँ बीपी कहाँ हामी ? हामीले कयौँ प्रयासहरु गनुपर्ने हुन्छ, त्यो बहुआयामिक व्यक्तित्व, राजनीतिक चेत, त्याग, तपस्या, विधान, आदर्श सबै कुरा हामीले पढ्न र सिक्न मात्रै सक्छौ ।’

उनले भने, ‘तुलना त धेरै परको कुरा हो मेरा लागि विशेष गरी हाम्रो तुलना त हुन सक्दैँन् । तर म सिक्न चाहीँ सक्छौ । विभिन्न कालखण्डमा उहाँले गर्नु भएको उच्च राजनीतिक चरित्र छ, त्यसकारण हामी सिक्न धेरै सक्छौ । तर तुलना गर्ने सामथ्र्य छैन् ।’

रास्वपाको चुनौती नेपाली जनताले छोटो समयमा गरेको विश्वासलाई पुष्टि गर्ने, पार्टी निमार्ण गर्ने र दस्तावेज निमार्ण गर्ने भएको भन्दै लामिछानेले जिम्मेवारी जुन राजनीति दलको काँधमा छ त्यो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal