आज :

चिनियाँ राष्ट्रपतिका विश्वासपात्र पूर्वप्रधानमन्त्री लीको हृदयाघातका कारण निधन

  • अनलाइन डबली

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार राती निधन भएको छ ।

हृदयाघातका कारण उनको निधन भएको चिनियाँ मिडियाहरुले जनाएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको  छ भने,चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ मा हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा उनको निधन भएको जनाएको छ ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । ६८ वर्षीय नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो ।

लीलाई राष्ट्रपति सी जिनपिङका विश्वास पात्रको रुपमा लिइन्छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal