काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ। चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो।
१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन जानुभएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उहाँको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएका छन्।