आज :

गाजा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त, अमेरिकी सैनिक क्याम्पमा पनि हमला

  • अनलाइन डबली

काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्न लागेको छ । यो समाचार तयार पार्दासम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन ।

गाजा सीमा क्षेत्रमा तैनाथ भएका इजरायली ट्यांक घाम तापेर बसेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हवाई र जमिनबाट एकसाथ गाजामा कारवाही थाल्ने घोषणा गरेका थिए । तर, नेतान्याहू आफैले घोषणा गरेको सैन्य कारवाही अगाडि बढाउन असफल हुन पुगेका छन् ।

गाजापट्टीमा प्रवेशको अनुमति अमेरिकाले नेतान्याहूलाई अनुमित नदिएका कारण स्थल कारवाही गर्न सकेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमै पुगेर नेतान्याहूको हौसला बढाएपनि गाजामा प्रवेशको अनुमति नदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

गाजामा मानवीय सहायातालाई इजरायलले रोकेर युद्ध अपराध गरेको ह्युमन राइट्स वाचले बताएको छ । इजरायलले गाजामा एक अस्पतालमा समेत हमला गरेर अन्तर्राष्ट्रिय रुपमै आफ्नो खुनी अनुहार देखाइसकेको छ । अस्पतालमा उपचार गराइरहेका पाँच सय बिरामीको हमलामा परी मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।

इजरायलले हवाई हमला गरेर पाँच हजार प्यालेस्टिानीको मृत्यु भएको छ भने १४ हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई हजार भन्दा बढी बालबालिका मात्रै रहेका छन् । मानव बस्तीमा हवाई बम खसालेर दिनदिनै सयौं प्यालेस्टानीको इजरायलले हत्या गरिरहेको छ ।
यसैबीच गाजा प्रवेश गरेर सर्च गर्न खोज्ने इजरायली ट्यांकलाई हमासले ध्वस्त पारिदिएको छ । हमासले इन्टी ट्यांक प्रहार गरेर संसारकै शक्तिशाली मानिएको इजरायली ट्यांक ध्वस्त बनाएको हो ।

इजरायली सेनाका अनुसार उक्त हमलामा परी एकजना सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । इजरायली सेनाले सर्च गर्दा हमासका कार्यकर्ता पक्राउ गरेको बताएको छ ।

इजरायली सेनाका ट्यांक गाजामा प्रवेश गरे प्यालेस्टाइनी जनताको कडा प्रतिवाद गर्ने भएको तयारी भइरहेको बताइएको छ । इजरायलको ज्यादति र नरसंहार गाजामा नदेखको  र नभोगेको कोही नभएकोले पनि कडा प्रवेश रोक्न स्थानीयहरु सीमा क्षेत्रमा जम्मा भएका छन् ।

इजरायलले गाजामा गरेको नरसंहारले मध्यपूर्वका मुस्लिम देशहरु आक्रोसित भएका छन् । इजरायललाई प्रत्यक्ष सहयोग गरिरहेको अमेरिकासँग मुस्लिमहरु थप आक्रोसित बनेका छन् । लेवनानबाट हिज्बुल्लाले पनि इजरायलमाथि हमला गरिरहेको छ ।

इजरायल र अमेरिकाको विरोधमा मध्यपूर्वमा प्रदर्शन जारी रहेका छन् । त्यस्तै, इराक र सिरियामा अमेरिकी सैन्य क्याम्पहरुमा पनि हमला भएका छन् । अमेरिकाले उक्त हमलामा परी मानवीय क्षति नभएको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal