आज :

इजरायलले गाजापट्टी र वेष्ट बैंकका मानव बस्तीमा भिषण हमला, युद्ध अपराध गरेको हृयुमन राइट्स वाचको भनाई

  • अनलाइन डबली

काठमाडौं । इजरायलले गाजापट्टी र वेस्ट बैंकमा हवाई हमला तीब्र पारेको छ । स्थलबाट गाजामा पस्न नसकेपनि इजरायलले हवाई हमला जारी राखेको छ । एउटा अस्पतालमा हमला गरेर अमानवीय कार्य गरेको भन्दै विश्वभर इजरायलको विरोध भइरहेको बेला फेरि मानव बस्तीमा हवाई हमला तीब्र पारेको हो ।

इजरायलले आफ्नो बन्धक बनाएका नागरिकको रिहाईको लागि भन्दै गाजापट्टी र वेष्ट बैंकमा अन्धधुन्धा बमबारी गरिरहेको छ । इजरायली हमलामा सयौं सर्वसाधारणको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले सर्वसाधारण १२३ जना प्यालेस्टाइनीलाई नजरबन्द बनाएको छ । समाचार एजेन्सी वाफाका अनुसार गाजापट्टीका ४० जना कामदारसहित कम्तीमा १२३ प्यालेस्टाइनीलाई इजरायली सेनाले आइतबार रातभरदेखि बिहानसम्म छापा मारेर पक्राउ गरेको छ ।

दक्षिणी गाजाको खान युनिसको पूर्वी भागमा इजरायली सैनिक प्रवेश गरेर आतंक मच्चाइरहेको हमासले जनाएको छ । बालबालिका र महिलाहरुलाई जहाँ भेट्यो त्यही नरसंहार मच्चाएको छ ।

इजरायली सुरक्षा संयन्त्र आइडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरायलले गाजामा थप आक्रमण गरेको पुष्टि गरेका छन् । उनले रातको समयमा ट्याङ्क र स्थल सेनाले छापा मारेको बताउँदै अर्को चरणको लागि तयारीलाई निस्तेज पार्न हमला तीब्र बनाएको बताए ।

यसैबीच अन्तर्राष्ट्रि मानवअधिकारवादी संस्था हृयुमन राइट्स वाचले गाजा पट्टीमा मानवीय सहायता दिन अस्वीकार गरेर युद्ध अपराध गरेको बताएको छ । हृयूमन राइट्स वाचका कार्यक्रम निर्देशक सारी बाशीले विगत दुई हप्तामा नागरिकहरूलाई लक्षित गरेर हमला गर्नु र युद्धको कानून अन्तर्गत रहेर नागरिकहरूको सुरक्षा गर्ने आधारभूत नियमहरू उल्लङ्घन गर्नु दुखद कुरा भएको बताइन् ।

“गाजामा मानवीय सहायता जान नदिनु र हामास लडाकुहरूले इजरायली नागरिकहरूविरुद्ध युद्ध अपराध गरेको भन्दै इजरायले प्यालेस्टिनी नागरिकहरूविरुद्ध युद्ध अपराध गरेको हामी अहिले देखिरहेका छौं” निर्देशक बाशीले भनिन् ।

बाशीले अगाडि भनिन्, “गाजामा सहायता अनुमति दिन अस्वीकार गर्नु युद्ध अपराध हो । यसले लडाकुहरूका कारण नागरिकलाई सामूहिक रूपमा दण्डित गरिरहेको छ । र गाजाका झन्डै आधा मानिसहरू बालबालिका भएकाले यसले वयस्क लडाकुहरूका कारण बालबालिकाहरूलाई सामूहिक रूपमा दण्डित गरिरहेको छ ।”

इजरायली सेनाले गाजामा मानवीय सहायता प्रवेश गर्न दिएको छैन । गाजाको लागि मानवीय सहयोगको लागि गएका सामाग्रीहरु बीचमै इजरायलले रोकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal