आज :

गृहमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, चिन्न र बोल्न थाले 

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बीआरआई शिखर सम्मेलनमा भाग लिन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो ।

बेइजिङस्थित पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएपछि जनरल वार्डमा सारिएको छ ।

श्रेष्ठको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ ।

श्रेष्ठको स्वास्थ्य सुधारको खबरसँगै उनका समर्थक तथा माओवादी नेता कार्यकर्ताले खुशी व्यक्त गरेका छन् ।

श्रेष्ठ उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समान्य बोलचालन गर्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal