आज :

सरकारसँग १९ बुँदे सहमतिपछि आन्दोलनरत स्थानीय तहका कर्मचारी काममा फर्किए

  • अनलाइन डबली

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई साता यता आन्दोलित बनेका थिए ।

ऐनमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी

कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माण गर्न पहल गर्ने,विद्यमान कानूनमा भएको सेवा परिवर्तन सम्बन्धि व्यवस्था बमोजिम आवश्यकता अनुसार प्रकृया अगाडि बढाइने लगायतका विविध १९ बुँदे सहमति भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal