Skip
आज :

कोशीमा शेखर-गगन समूहको खुला चुनौती, एक्सन लिने मुडमा देउवा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको शेखर समूह कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर केन्द्रले गरेको निर्णयविरुद्ध गएको छ ।  सभापति शेरबहादुर देउवाको प्रस्तावमा विहीबार गठबन्धन दलको बैठकले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेका थिए ।

तर नेता शेखर ‍र महामन्त्री गगन थापाले एमालेसँग मिलेर उक्त निर्णयलाई चुनाैती दिँदै केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गर्न लगायो । कार्कीलाई एमालेको साथ रहेको छ ।

काँग्रेसका ८ सांसदले केन्द्रको निर्णय नमानेपछि आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयमा धक्का लागेको छ ।

यसैबीच काँग्रेस प्रदेश सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल गर्न बैठक बोलाइएको हो ।

थापाले पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको बताए ।

संवैधानिक व्यवस्थाले पनि उनीहरुलाई ह्वपी नहाल्न व्यख्या गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal