काठामाडौं । साविकका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका आ.व. २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ ।
नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाईफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो । बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनसदर समेत घोषणा कम्पनीले जनाएको छ ।