
कैलाली । चुनावको तयारीलाई रोकेर नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत गराएको छ । अध्यक्षमा दुई नेताले दाबी नछोडेपछि एमालेको सम्पूर्ण तयारी भइरहेको बेला नेताहरुबीच सहमतिको वातावरण बनेको थियो ।
अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा दाबी नछोडेका भरत साउदले अन्तिममा उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षमा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा नन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।
यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् ।