आज :

अख्तियार सदस्यलाई नै अख्तियारले मुद्दा चलाउनु पर्ने स्थिति दुर्भाग्यपूर्ण: सांसद थापा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारका सदस्यलाई अख्तियारले मुद्दा लगाउनु पर्ने अवस्था दुभाग्र्यपूर्ण भएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए ।

थापाले भने, ‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षप र भागबन्डा छ । पछिल्लो समय अदालतले समेत भाग खोजेको छ । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ ।’

थापाले अख्तियार आयोगको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताए

अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नियुक्तिमा दलगत हस्तक्षप र भागबन्डा रहेको बताएका हुन् ।

‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबद्लिकन यहाँ गर्ने कुरा मात्र हुन्छ ,परिणाम दिँदैन् । नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्नुपर्छ’ थापाले भने । उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजानु पर्ने तर्क गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal