आज :

इजरायलमा ज्यान गुमाउने विद्यार्थीको सम्झनामा अखिल क्रान्तिकारीले साँझ दीप प्रज्वलन गर्ने

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीले इजरायलमा ज्यान गुमाउने संगठनको सचिव गणेश कुमार नेपालीसहित मृत्युवरण गर्ने विद्यार्थीको सम्झानामा मंगलबार साँझ दीप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

बिएस्सी एग्रिकल्चरमा अध्ययनरत बझाङ जयपृथ्वी नगरपालिका ६ गणेश अखिल क्रान्तिकारीको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका सचिव हुन् ।

संगठनका अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनले गणेशसहित ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीको सम्झनामा सम्पूर्ण शैक्षिक संस्थाहरुमा दीप प्रज्वलन गर्न परिपत्र जारी गरेका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकामा भने विशेष प्रदेशको आयोजनामा आज साँझ माइतीघर मण्डला, विश्वविद्यालय समितिहरुले केन्द्रीय क्याम्पसहरु र जिल्ला समितिले सदरमुकाममा दीप प्रज्वलन गर्न परिपत्रमा भनिएको छ ।

विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत एक महिना इजराजय पुगेका ४९ जना विद्यार्थीमध्ये महासको हमलामा परी १० जनाको मृत्यु भएको छ । उनीहरुको शव ल्याउने सरकारले तयारी गरिरहेको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदन व्यक्त गरेकी छन् । त्यस्तै, घाइते विद्यार्थीको तत्काल उद्दारको माग समेत सिंहले गरेकी छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal