आज :

१२ वर्षभित्र २८ हजार विद्युत उत्पादन गर्छौंः ऊर्जामन्त्री बस्नेत

  • अनलाइन डबली

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बहादरु बस्नेतले अबको १२ वर्षभित्र नेपालले २८ हजार भन्दा बढी मेगावट विद्युत उत्पादन गर्ने दाबी गरेका छन् ।

प्रनिनिधिसभामा पेस भएको विद्युत विधेयक २०८० माथि उठेको प्रश्नको जवाफ दिने क्रममा सोमबार मन्त्री बस्नेतले नेपालको उर्जा उत्पादनको क्षमता २८ हजारभन्दा धेरै रहेको दाबी गरे । उनले आगामी १२ वर्षभित्र सो क्षमताको विद्युत उत्पादन गर्न सरकारले स्पष्ट रुपमै कार्ययोजना बनाएर अघि बढेको दाबी गरे ।

‘हामीलाई के विस्वास भने आगामी १२ वर्षभित्रमा १८ हजार मेगावाट क्षमता भन्दा बढी विद्युत उत्पादन गर्न सकिने अवस्था हामीले प्रक्षेपण गरेका छौ । यसलाई तथ्यांकले सपोर्ट गर्छ, तथ्यले व्याकअप गर्छ र त्यसको लागि स्पष्ट कार्ययोजना निर्माण गरेका छौ’ मन्त्री बस्नेतले । उनले उर्जा उत्पादन र प्रवद्र्धनमा सरकारले मिक्स कन्सेप्टलाई ध्यानमा राखेर सोलार र हावाबाट निकाल्ने वैकल्पिक उर्जाको लागि आवश्यक कानूनी व्यवस्था गरेको बताए ।

मन्त्री बस्नेतले भने, ‘वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सञ्चालन हुने अन्य आयोजनाहरुलाई व्यवस्थित गर्न अलग्गै नविकरणीय उर्जा र उर्जा दक्षता विधकास सम्बन्धि अलग्गै विधेयक मन्त्रालयले ड्राफ्ट गरेको छ । अर्थमन्त्रालयको सहमतिमा त्यो ड्राफ्ट अर्थमन्त्रालयको सहमती सहित अहिले कानून मन्त्रालयमा पुगेको छ ।’

सांसदहरुले समग्र जलस्रोतको अवस्थाबारे राखेको चासोको सम्बोधन गर्दै मन्त्री बस्नेतले उर्जा क्षेत्रको समग्र व्यवस्थापनको लागि छुट्टै विधेयक निर्माण कार्य जारी रहेको जानकारी दिए ।

‘समग्र जलस्रोतको व्यवस्थापन सम्बन्धि जलस्रोत विधेयक अर्को ड्राफट गरिएको छ । उक्त विधेयक अर्थमन्त्रालयको सहमति सहित अहिले कानून मन्त्रालयमा रायका लागि पठाएका छौ । छिट्टै जलस्रोत सम्बन्धि विधेयक,नविकरणीय उर्जा र उर्जा दक्षता सम्बन्धि विधेयकहरु संसदमा प्रस्तुत हुनेछन्,’ मन्त्री बस्नेतले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal