आज :

महिला भएकैले विशेष सुविधा पाउनु पर्छ भन्ने होइन्, क्षमता बढाउनु पर्छ : सञ्चार क्षेत्रमा

  • अनलाइन डबली

काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रमा महिलाको सहभागीलाई बढाउन आवश्यक रहेको बताएकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५१ प्रतिशतको जनसङ्ख्या भएका महिलाहरुको विभिन्न निकायमा ३३ प्रतिशत उपस्थिति न्यायोचित नहुने बताइन् ।

शर्माले भनिन्, ‘अहिलेको समस्या भनेको महिलाको उपस्थिति अझै पनि बढाउन जरुरी छ । ३३ प्रतिशत सहभागिता भनेको छौं । ५१ प्रतिशतको जनसङ्ख्या छ । ३३ प्रतिशतको सहभागिताले मात्र समाजको सहभागीको जवरजस्त उपस्थिति बन्न सक्दैन ।’

शर्माले उपस्थितिलाई मात्र नभएर उपस्थितिहरुको क्षमता प्रतिस्पर्धा गर्न लायकको छ कि छैन् भन्ने कुरामासमेत ध्यान दिनु पर्ने बताइन् ।

मन्त्री शर्माले महिला भएकै कारण विशेष सुविधा पाउनै पर्छ भन्ने नभई प्रतिस्पर्धाको क्षमता नै हुनु पर्नेमा उनको जोड दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal