कैलाली । नेकपा एमालेको सुदूर पश्चिमका अध्यक्षमा तीन जनाले दाबी गरेका छन् । आजबाट सुरु हुने प्रदेश अधिवेशन उनीहरुले आआफ्नो दाबी पेश गरेका छन् ।
प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिले सम्म सहमति भने जुट्न सकेको छैन ।
सहमतिको प्रयास सफल नभए चुनावी प्रक्रियाद्वरा नेतृत्व चयन हुने एमाले सुदूरपश्चिमले जनाएको छ ।
अधिवेशन उद्घाटनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनगढी पुगिसकेका छन् । उद्घाटनमा ओलीसँगै महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीलगायतका नेताहरु उपस्थित हुने एमालेले जनाएको छ ।