आज :

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली हमासको हमलामा घाइते, अझैं लडाइँ जारी

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली प्रशिक्षार्थी कामदार घाइते भएका छन् । शनिबार विहान हमासले गरेको हमलामा परी उनीहरु घाइतेभएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

नेपाल र इजरायज सरकारबीच भएको सहमति अनुसार नेपाली प्रशिक्षार्थी कामदारहरु प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत थिए । उक्त कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ ।

घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बङ्करमा पुग्नुपर्ने हुन्छ । तर समयमा भित्र बंकरमा पस्न नसकेकाहरु घाइते भएको बताइएको छ ।

गाजा क्षेत्र भएकोले हमासको हमलाबाट बच्न अनिवार्य बंकर बनाउनु पर्ने हुन्छ । उक्त कृषि फर्ममा पनि बंकर बनाइएकोले ठूलो मानवीय क्षति नभएको हो ।

अहिले पनि सो क्षेत्रमा कर्फ्य जारी रहेकोले विस्तृत विवरण भने पाउन नसकेको गैर आवसीय नेपाली संघले जनाएको छ ।

हमासको हमलापछि शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ९ जना नेपाली घाइते भएको जानकारी दिएको थियो ।

शनिबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले घाइतेमध्ये दुई जनामात्रै नेपाली दूतावासको सम्पर्कमा रहेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी थिइन् । बाँकी नेपाली कामदार बंकरमा लुकेको बताइएको छ ।

अहिले पनि हमास र इजरायबीच युद्ध चलिरहेको छ भने अवस्था निकै अशान्त रहेको छ । इजरायली सेनाले उक्त क्षेत्र नियन्त्रणमा लिन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal