काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा सरकारले संगिता पहाडीलाई ल्याएको छ । प्रबन्ध निर्देशक भ्रष्टाचार मुद्दामा मुछिएर उनलाई निलम्बन गरेलगत्तै टेलिकममै कार्यरत ११ तहकी इन्जिनियर पहाडीलाई जिम्मेवारी दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणालीको योजना, उपकरण खरिद, ढुवानी तथा जडान कार्यमा सरकारी रकम हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसहित नौजनाविरुद्ध हिजो मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै पौडेल स्वतः निलम्बनमा परेपछि टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरीय निर्णयले पहडीलाई जिम्मेवारी दिएको हो ।