आज :

प्रचण्डलाई भेटेपछि नेपालले भने–माओवादीसँग सम्बन्ध बलियो बनाउने विषयमा कुरा भयो

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र सक्तारुढ दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेपालले जानकारी दिए ।

शनिबार सिंहदरबारमा भएको भेटमा सरकारलाई प्रभावकारी बनाएर लैजानेदेखि वर्तमान आर्थिक, सामाजिक अवस्था र गठबन्धन सरकारको अभियान लगायतका विषयमा छलफल भएको भेटपछि सञ्चारकमीलाई नेपालले जानकारी दिए ।

उनले भने, ‘कसरी सरकालाई प्रभावकारी बनाउने भन्ने विषयमा बसेर छलफल गरौं भन्ने कुरा भएको छ । अर्थतन्त्रको विषयमा पनि छुट्टै गठबन्धनका नेतामात्र बसेर केके समस्या छन्, सो बारे हाम्रा अलगअलग धारणा छन् कि छैनन् र कसरी त्यसबारे सम्बोधन गर्ने भन्ने कुरा पनि उठ्यो त्यसमा प्रधानमन्त्रीले सकारात्कम जवाफ दिनुभयो ।’

नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारका विभिन्न निकायका नियुक्तिको सन्दर्भमा समेत कुरा उठाएको बताएका छन् ।

‘सुदुरपश्चीमको धनगढीमा समाजवादी मोर्चा नेपालको हामीले एउटा कार्यक्रम गर्न बाँकी छ ,त्यसको लागि मिति तय गरेका छौं । सल्लाह गरेर टुङ्गो लाग्छ ।’

नेपालले नेकपा माओवादी र नेकपा एसबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको जानकारी दिँदै दुई पार्टीमा राजनीति नियुक्तिको विषयमा भएको सहमति कार्यान्वयनको विषय पनि उठाएको जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal