आज :

खेल क्षेत्रका अभाव पूरा गर्न सरकार प्रतिबद्धः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले खेल क्षेत्रमा भएका अभावहरुलाई पूरा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

आज वीरजङग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले भलिबललाई राष्ट्रिय खेल घोषणा मात्रै होइन व्यावहारिक रुपमा स्थापित गर्न सरकार लागेको भन्दै यसमा भएका अभाव पूरा गर्न प्रतिबद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘जसरी सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको छ यसलाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न, सरकार लाग्दैछ । यसका लागि हामी प्रयत्न गर्ने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । खेल क्षेत्रमा जुन अभावहरु छन्, पूर्वाधारका कुराहरु छन् त्यस विषयमा भलिबल महासंघलगायत सरकारी निकाय र खेलकुदसँग आबद्ध भएका सबै संस्थासँग छलफल गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्ने छौं ।’

यस्तै, उनले अभावै अभावका बीचमा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरेको भन्दै खेल क्षेत्र व्यवस्थित गर्न निजी क्षेत्र र खेलसँग सम्बन्धित सरकारका निकायहरु पनि लागि रहेको बताइन् ।

कानूनी अड्चनका कारण घोषणा भएका विषय पनि खेलाडीहरुले प्राप्त गर्न नसकेको भन्दै ती अड्चन फुकाएर खेलाडीहरुलाई सरकारले घोषणा गरेका पुरस्कारहरु दिने बाटो खुलाएको उनको भनाई छ ।

उनले भनिन्, ‘सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको छ । विभिन्न समयमा प्रधानमन्त्री आफैं गएर खेलाडीलाई प्रोत्साहन गर्नुभएको छ । उत्कृष्ट खेलाडीहरुलाई मन्त्रिपरिषद्को बैठकबाट पुरस्कार पनि घोषणा भएका छन् । केही कानूनी अड्चनका कारण खेलाडीहरुले प्राप्त गर्न नसकेको अवस्था छ । अड्चनहरु फुकाएका छौं । सरकारले घोषणा गरेका पुरस्कार दिने बाटो खुलेको छ ।’

उनले सामाजिक सद्भावको विषयलाई पनि उठाउँदै यो विषयमा युवाहरुको ठूलो भूमिका रहने भन्दै एक भएर लाग्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘सामाजिक सद्भाव खलबल्याउने,सद्भाव विथोल्ने प्रयासहरु हुन नदिन खेलाडी युवाहरुको अझ बढी दायित्व हुन्छ, युवाहरुलाई यसका लागि पनि म आह्वान गर्न चाहन्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal