
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन् ।
बिहीबार प्रधमानमन्त्रीले दाहाल वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
पार्टीको तीन महिने जनतासँग माओवादी नामक विशेष कार्यक्रम अन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए ।
अस्वस्थ भएपछि उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।