आज :

नेपालमा विकासको शैली परिवर्तन गर्नुपर्छः मन्त्री बस्नेत

  • अनलाइन डबली

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले, नेपालमा विकासको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, पछिल्लो दशकमा सरकारले भोगिरहेको आर्थिक दबाबका कारण पनि विकासको शैली परिवर्तन जरुरी रहेको बताए ।

“विकासको मोड्यालिटीमा सुधारको जरुरी छ । अझ पछिल्लो दशकमा हामीले व्यहोर्नु परेको केही दबाबहरु छन् । अर्थतन्त्रमा परेको केही दबाबहरु छन् । अर्थतन्त्रको पुनसंरचना कै विषयमा सोच्नु पर्ने अवस्था छ” मन्त्री बस्नेताले भने ।

योजनाहरु अलि महत्वाकांक्षी भएकी भन्ने प्रश्न उठेका कारण पनि कार्यान्वयनमा ढिलाई भईरहेको उनको भनाई छ ।

मन्त्री बस्नेताले भने, “अगामी २ वर्ष भित्र पूर्ण विद्युतिकरण गर्ने योजनाका साथ अगाडी बढेका छौं । दुई वर्ष भित्र कर्णाली प्रदेश र सुदुरपश्चिममा झरो बाल्ने टुकि बाल्ने यो सबै कुराकोअतय हुन्छ ।यसमा सकारको ध्यानाकर्षण भएको छ । अरु प्रदेशमा यहि आर्थिक वर्षमा हामी पुरा गर्ने लक्षका साथ अगाडी बढेका छौं ।”

उनले बजेटको सिलिङ काम फागेनतिर आउँछ र सिलिनङ वितरण भने नहुँने बताए।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal