आज :

मधेश प्रदेशको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ र अधिकारीबीच अन्तरक्रिया

  • अनलाइन डबली

बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।

मन्त्री श्रेष्ठले प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र सम्बन्धीत अधिकारीमार्फत सुरक्षा अवस्था, व्यवस्था, समस्या र चुनौतिहरुबारे रिपोर्टिङ लिएको उनको सचिवालयले जनाएको छ ।

महोत्तरीको बर्दिबासमा आयोजित ‘समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्र्तक्रिया’ कार्यक्रममा ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ– आफ्नो प्रदेशमा देखिएका समस्या बारे जानकारी गराएका छन् ।

कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा बाधा खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्याबारे मन्त्रीलाई ब्रिफिङ गरेका छन्।

श्रेष्ठले सबै पक्षबाट ब्रिफिङ लिएर आवश्यक निर्देशन तथा सुझाव दिने बताइएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal