काठमाडौँ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बझाङमा गएको भूकम्प प्रभावित क्षेत्रमा गएर उद्दार र राहतमा जुट्न निर्देशन दिएकी छन् ।
अध्यक्ष सिंहले संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति र जिल्ला समितिका नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुगेर पीडितको उद्दार र राहतमा जुट्न निर्देशन दिएकी हुन् ।
साथै, अध्यक्ष सिंहले बझाङ, बाजुरा, अछामलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहतको प्याकेज घोषणा गर्न सरसकारसँग माग समेत गरेकी छन् ।
“बझाङ जिल्ला केन्द्र भएर आएको ६.३ रेक्टरको भूकम्पका कारण बझाङ, बाजुरा, अछामलगायतका धेरैजसो ठाउँहरुमा जनधनको क्षति भएको खवरले दुखित तुल्याएको छ । तत्काल भुकम्प पिडितहरुलाई राहत प्याकेज घोषणा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु। क्षति भएका ठाउँहरुमा अनेरास्ववियुू (क्रान्तिकारी) बझाङलगायतका जिल्लाहरु कृयाशिल केन्द्रीय सदस्य प्रदेश समिति र जिल्ला समितिका कमरेडहरुलाई उद्दार र राहतमा लाग्न विशेष निर्देशन गरिएको जानकारी गराउँदछु” सिंहले सामाजिक संजालमा लेखेकी छन् ।