काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र नीधिले भारतमा गान्धीको नेतृत्वमा भएको अहिंसात्मक आन्दोलनमा नेपाली जनता र नेपाली नेताहरुले पनि योगदान दिएको बताएका छन् ।
आज १५४ औं गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रममा उनले भारतले नेपालमा लोकतन्त्र दिएको कुरा मात्रै हुन्छ तर नेपालको योगदानको बारेमा छलफल नै नभएको भन्दै यसलाई पनि महत्व दिनुपर्ने कुरामा ध्यानाकर्षण गराएका छन् ।
“भारतीय कार्यवाहक राजदूत मार्फत एउटा सन्देश दिन चहान्छु । भारतको अहिंसात्मक आन्दोलन जुन गान्धीको नेतृत्वमा भएको थियो । त्यसमा भारतीय जनताले सहभागिता देखाएकै थियो तर नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा योगदान गरेको थियो, भारतमा यो सन्देश जाओस् है । भारतको राजनीतिज्ञले यसलाई महत्व दिने कुरा त छोड्दिनु याद पनि गर्दैनन् । भारतले हामीलाई लोकतन्त्र दिएको कुरा मात्रै हुन्छ तर हामीले पनि योगदान गरेको कुरा कसैले भन्दैन्” निधिले भने ।
सबै राजनीतिक दलहरुले साथबाट देशमा परिवर्तन र संविधान आएको भन्दै यसको सफल प्रयोग गरेर यो प्रणालीलाई अझ सफल बनाउँनु शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नु पर्नेमा निधिले जोड दिए ।
वीपि कोईरालाको पालामा पनि नेपालमा क्रान्ति तत्कालिन रुपमा सफल भएपनि दिर्घकालिन रुपमा टिकाउ हुदैँन भन्ने कुराको प्रयोगात्मक परिणामको भूमि नेपाल नै भएको निधिको धारणा थियो ।
निधिनले भने, “वीपि कोईरालाको पालामा नै नेपालमा सशक्त क्रान्ति भएको हो । ती क्रान्ति सफल भएको थियो, यो इतिहास छ । सशक्त क्रान्ति तत्कालिन रुपमा सफल भएपनि दिर्घकालिन रुपमा टिकाउ हुदैँन भन्ने कुराको प्रयोगात्मक परिणामको भूमि आफ्नै देश नेपाल नै हो । यसले पनि गान्धीको बाटो अन्त्यमा ठिक हो भनेर भन्छ ।”
उनले गान्धीले टिकाउ क्रान्ति वा परिवर्तन दुइ वटै कुरा अहिंसा र शान्तिबाट पनि सम्भव भएको भन्ने सन्देश दिएको बताए ।