आज :

इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते

  • अनलाइन डबली

काठमाडौं । इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार लागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ स्थानीय समयअनुसार मंगलबार राति करिब १०ः४५ बजे (१९ः४५ जिएमटी) आगलागी सुरु भएको बताइएको छ ।

निनभेहका प्रान्तीय गभर्नर नाजिम अल–जुबौरीले बुधबार बिहानसम्म आगलागीबाट हतातती हुनेको यकिन तथ्याङ्क आइनसकेको बताए । उनले मृत्युकको संख्या बढ्न सक्ने बताए । इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले भने, ‘दुर्भाग्यपूर्ण दुर्घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन प्रयास भइरहेको छ ।’

इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो । हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माईल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ ।

इराकको नागरिक रक्षाको प्रारम्भिक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुन सक्छ । ‘प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,’ नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

अल जजीराका महमूद अब्देलवाहेदले बगदादबाट रिपोर्ट गर्दै भने, ‘इराकमा विवाह समारोहहरूमा आतिशबाजी गर्नु सामान्य विशेषता हो र आगलागी हुँदा करिब एक हजार मानिसहरू उत्सवमा उपस्थित थए ।’

कार्यक्रम हलको निर्माणमा प्रयोग गरिएको अतिप्रज्वलनशील सामग्रीले आगो दन्कनका लागि मद्दत पु¥याएको थियो । अब्देलवाहेदले भने, ‘भवनमा आपतकालीन निकासहरूसहित उचित सुरक्षा उपायहरू उपलब्ध थिएन ।’

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले आगलागीको छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले देशका आन्तरिक र स्वास्थ्य अधिकारीहरूलाई राहत उपलब्ध गराउन भनेको उनको कार्यालयद्वारा जारी अनलाइन विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal