आज :

एमालेको बागमती अधिवेशनः सहमतिको प्रयास असफल, आज उम्मेदवारी दर्ता र भोलि मतदान

  • अनलाइन डबली

काठमाडौँ । सहमतिमा लागि गरिएका सबै प्रयासहरु असफल भएपछि नेकपा (एमाले)को बागमती प्रदेशको नेतृत्व चयनका लागि चुनाव हुने पक्का भएको छ । अध्यक्षका आकांक्षी नेताहरु पछि नहटेपछि चुनावी प्रक्रियाद्वारा नेतृत्व चयनको प्रक्रिया सुरु भएको हो ।

अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ ।

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal