आज :

विद्यार्थीसँग अखिल(क्रान्तिकारी) अभियान प्रभावकारी बन्दै, सयौं विद्यार्थी संगठित

  • अनलाइन डबली

काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले माउपार्टीले चलाएको ३ महिने अभियानलाई साथ दिन चलाएको ‘विद्यार्थीसँग अखिल(क्रान्तिकारी)अभियान’ प्रभावकारी बनाउँदै लगेको छ । हालै काठमाडौं जिल्ला समितिले जिल्लाका विभिन्न कलेजहरुबाट सयौं विद्यार्थीहरु संगठित भएको काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुङगानाले बताएका छन् ।


अखिल (क्रान्तिकारी) काठमाडौ जिल्ला इन्चार्ज यादब ढुङ्गाना जिल्ला अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा सञ्चालन् भइरहेको तीन महिने अभियान अझ सशक्त बनिरहेको र विद्यार्थीहरुको हकहितका लागि दत्त चित्त हुने नेताहरुले प्रतिबद्दता जानाए थिए ।


उपाध्यक्ष जनक ढुङ्गानाको प्रमुख उपस्थिति जिल्ला सचिवालय सदस्य सम्राट थापा , सचिवालय सदस्य बिरु रुम्बा,सचिवालय सदस्य अस्मिता खत्री, सबिन तामङ्ग लगाएतको उपस्थिति थियो ।


स्थानिय पार्टी कमिटीका बाग्मती प्रदेश सदस्य टिआर नेपाल, टोखा पार्टीका नेता सित्तल श्रेष्ठ लगाएतले संगठन विस्तारमा सहयोग गरेको ढुङगानाले अनलाईन डबलीसँगको कुराकानीमा बताए ।

सायौं विद्यार्थी आबद्द भएको सो अभियानमा मनोहर मावीमा पुरुषोत्तम खरेलको अध्यक्षतामा ३५ सदस्यीय मुल समिती बनेको । मानशिंह माविमा सौजन्य बास्तोलाको अध्यक्षमा २१ सदस्यीय मुल समितीको गठन ।


गणेश महुमुखी क्याम्पसमा पवित्रा पौडेलको अध्यक्षतामा ३१ सदस्यीय समितीको गठन भएको र सो विद्यार्थी संगठनले काठमाडौ जिल्ला समितिको नेतृत्वमा उपत्यका भरी सङ्गठन पुननिर्माण तथा सङ्गठन सुदृढीकरण अभियान सन्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal