आज :

चीनमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागत, जनमुक्ति सेनाले दियो गार्ड अफ अनर

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको चीनमा भव्य स्वागत गरिएको छ । औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मित्रराष्ट्र चीनले विशेष महत्व दिँदै स्वागत गरेको छ । आज चीनका प्रधानमन्त्री लि छयाङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका छन् ।

सो क्रममा जनमुक्ति सेनाको एक टुकुडीले प्रधानमन्त्री प्रचण्डलाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचार विमर्श भएको बताइएको छ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । उनले

भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal