आज :

अनुसन्धानमा सीआईबीलाई कुनै पनि हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन् ।

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीआईबी लाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए ।

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिदैन बरु तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरि अगाडि बढाउ भनेर कडा निर्देशन दिएका छौं’ गृहमन्त्री श्रेष्ठले भने ।

सरकार अहिले जेल सुधारको अभियानमा भएको उनको भनाई छ । उनले त्यसको लागि कार्यसमिति बनाउने तयार गरिरहेको बताए ।
उनले अहिलेको जेलको अवस्थालाई परिवर्तन गर्ने क्रममा ४ गुण बढि कैदीहरु भएका कारण असहज भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal