आज :

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’, संयोजक कमल बुढा

  • अनलाइन डबली

काठमाडौँ । क्रान्तिकारी पार्टी निकट पत्रकार संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ हुने भएको छ । शनिबार काठमाडौँमा क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भेलाले नयाँ नाम र नेतृत्वको टुंगो लगाएको हो ।

एकता भेलाले कमल बुढालाई संयोजक र नारायण पंगेनीलाई सहसंयोजकमा चयन समेत गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतासँगै निकट पत्रकार संगठनबीच पनि एकता भेला भएको छ । भेलाले बुढाको संयोजकत्वा ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ ।

भेलाले समसामयीक प्रस्ताव पारित गर्दै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाको साथै नेपाल पत्रकार महासंघले शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्यविरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

नवनिर्वाचित कमिटीको बैठक चाँडै बस्ने समेत बताइएको छ ।

भेलालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला, पार्टीको कार्यालय सदस्य दिनेश शर्मा सागरलेगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal