आज :

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने नेताहरुले बताएका छन् ।

विहीबारको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् ।

हिजोको बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताएका थिए ।

अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । हिजोको बैठकमा कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal