आज :

मगरको बिवाह र मृत्यु संस्कार एक परिचर्चा:

  • संजय सिङ्जाली मगर

मगर पन भनेको भाषा संस्कार संस्कृति सभ्यता पहिचान ले एउटै माला जसरी गासेको भएतापनि समाजिक राजनितिक बैचारीक बिषयमा भने एकमत नभएको पाईन्छ । यसरी बिभाजन हुँदा आफ्नो समुदायको हकअधिकार मुद्धा ओझेलो हुँदै धरायसी हुनपुग्छ । यदि नेतृत्वपक्तीले समुदायको हकअधिकार लाई पुँजीबाद सँग फाईद गर्छ भने, त्यस समुदायको सबै कुरा गुम्ने निश्चित रहन्छ । त्यसकारण नेतृत्व समितिलाई नगरानी गर्न अतिआवश्यक रहन्छ ।

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको प्रकृति पुजक जाति हो। यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाड स्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको मुख्य थरहरू थापा, राना, आले, पुन, रोका, घर्ती, बुढा भएपनि १६५० भन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ। खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार, सोझो, इमानदार, साहसी मगरहरू सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ “दुःख परे मगर गाँऊ तिर पस्नु”

बास्तवमा मगरहरु को धर्म बुद्ध धर्म हो मान्ने गरिन्छ,। तर मगर समुदायमा शिक्षाको चेतना कमि भएकाले प्रकिृत पूजलाई धर्म भनि स्वय आफैमा भ्रमित भईरहेका छन्, बास्तवमा यो एउटा संस्कार पद्धति हो (जल, थल, हावा) लाई पुज्ने गरिन्छ । मगरहरूको पुरोहितलाई भुषाल/वापा भनिन्छ, जसले धार्मिक गतिविधिहरू गर्दछ, सामाजिक र कृषि सम्बन्धी चाडपर्वहरू को आयोजना गर्दछ, परम्परा र रीतिरिवाजहरूमा सुधार ल्याउँछ, सामाजिक र उत्पादन प्रणाली लाई सुदृढ बनाउँछ, संसाधनहरूको व्यवस्थापन गर्दछ, समस्या र विवादहरू लाई व्यवस्थित गर्दछ र मनोरन्जन को लागी गतिविधिहरू लाई व्यवस्थित गर्दछ र सामाजिक एकता कायम राख्दछ ।

मगर जातिको आफ्नै परम्परागत धर्म, भाषा र संस्कार रहेको पाइन्छ । यस जातिमा परिवर्तित समयको विकाससँगै आफ्नो परम्परागत मौलिक पक्षहरुमा केही परिवर्तनहरु आएको पाइन्छ । यसरी आएको परिवर्तनले मगर जातिको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षहरुमा प्रभाव पारेको पाईन्छ । अझै रोचक तथ्य के पनि छ भने, मगर समुदायको बिवाह गर्दा मामाको छोरी र फुपुको छोरा बिच विवाह हुने प्रचलन रहेको छ। “गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन भनेझैं मामाको छोरीलाई फुपुको छोराले विवाह गर्न पाउने पहिलो हक लाग्दछ। मगर जातिमा मातृसत्तात्मक पारिवारिक व्यवस्था रहेकोले केटाले विवाह गर्नका लागी केटीको घरमा माग्न जानु पर्दछ। मगर समुदायमा विवाह गर्दा ठाउँ बिशेष अनुसार खानपान को फरक फरक बिशेषत रहने गर्दछ ।

मगर समाजमा परम्परागत रुपमा प्रचलित विवाह संस्कारमा परिवर्तन आएको छ । मगनी विवाह मगरहरुको प्रचलित विवाह हो । सुरुमा दहीको ठेकी लिई केटी माग्ने परम्परामा हाल केटाकेटीको आपसी सम्पर्कले प्रेम विवाहको प्रचलन बढेको छ । परम्परागत मगनी विवाहमा अपनाइने प्रक्रियामा सिंगो मगर समाजमा रहेका व्यक्तिको आ–आफ्नै भूमिका रहन्थ्यो मगर समाजमा ठुलो पर्वकै रुपमा विवाह कार्य सम्पन्न गरिन्थ्यो । विवाह प्रक्रियाका चरणहरु लामो हुने हुनाले इष्टमित्र र नाता कुटुम्वमा नयाँ सम्बन्धको सुरुवात सँगै नयाँ भूमिकाहरु सृजना हुने गर्दथ्यो । विवाह संस्कारमा अपनाइनु पर्ने विविध परम्परागत विधि पुरा गर्नुपर्दथ्यो तर हाल विवाह पद्धतिमा पालना गर्ने सम्पूर्ण विधिहरुमा कमि आएको छ । विवाहको प्रकारहरुमा फेरबदल भएको छ । परम्परागत विवाहका मुल्य–मान्यतामा फरकपन आएको छ । यसैगरी मगर समाजमा आफ्नै जात भित्रमात्र विवाह गर्ने प्रचलनमा कमिआई अन्र्तजातीय विवाहले मान्यता पाउँदै गएको छ । मगरहरुमा हुने गरेको दाजुको मृत्यु पछि भाउजू विवाहको प्रचलनमा धेरै कमि आएको छ । यसै गरी मामाचेली, फूपुचेला विवाहको हक र वाध्यता पनि स्वइच्छाले कार्य गर्न सक्ने वातावरण बनिरहेको छ । यसरी समग्रमा मगर समाजमा प्रचलित विवाह प्रकार र विधिमा परिवर्तन आई मगर समाजमा प्रचलित परम्परागत विवाह संस्कारमा फरकपन देखिएको छ ।

मगर समाजमा हिन्दुकरण क्रमशः औलो उल्मुलन (वि.स. २०१२–२०१४) पछि र भूमि सुधार कार्यक्रम (वि.स. २०२०) बाट शुरु हुन थालेपछि तराईका जग्गा जमिनहरु विस्तारै किनबेच हुन थाल्यो–दाहाल, २०५६) । गाँउ फर्क राष्ट्रिय अभियानबाट जताततै बाटोहरु खुले र विभिन्न जातजातिको बसाइसराइको क्रम शुरु भयो । यसरी एउटै समाजमा बसी सकेपछि मगरहरु अन्य जातजातिबाट अलग रहन सकेनन्। उनीहरुको धर्म, विवाह सस्कार, रहनसहन, खानपान, एवम् भेषभुषामा समेत हिनदुकरण हुँदै आएको छ (दाहाल, २०५६) यस प्रकृया निरन्तर चलिरह्यो भने पछि मगर समुदायको इतिहास नै लोप हुने अवस्थामा पुग्न बेर छैन । तर यी अध्ययन, अनुसन्धान, लेख, रचनाहरुमा सामान्य विवरणात्मक परिचय प्रकाशित भएको पाइन्छ । सम्पूर्ण क्षेत्रको वास्तविक सत्य अझ बाहिर आउन सकेको छैन । त्यस्तै मगर जातिको विवाह पद्धतिको मात्र छुट्टै अध्ययन गरी त्यसमा समय र विकासको परिवर्तनसँगै आएका परिवर्तनका पक्षहरुको बारेमा खासै अध्ययन गरेको पाईंदैन ।

त्यस्तै मृत्यु संस्कारमा मगर समुदाय कुनै व्यक्तिको मृत्यु भयो भने मृतकको दाह संस्कार गरिन्छ र ७ दिन सम्म मृतकको छोरा, बुहारी र छोरीहरु किरिया बसी मृतकको आत्माको चिर शान्तिका लागी धुप, दियो बालेर दिनमा एक पटक मात्र अलिनो खाना खाएर बस्ने गर्दछन। ७औं दिनका दिन चोखिने क्रममा वापा राखेर पुजा गरी चोखिने प्रचलन कायम रहि आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal