
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था,चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए ।
उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि हामीले गर्नुपर्ने सुधार गर्न सकिन्छ । अहिले प्रक्रियागत रुपमा नै छ त्यसकारण पास हुन त अझै समय लाग्छ होला । यहाँ आएका सुझावहरु पनि छलफलको क्रममा लिएर जाउला ।’
यस्तै, उनले आजको छलफल एकदमै राम्रो भएको भन्दै यहाँबाट प्राप्त सुझावलाई ऐनमा समावेश गराउने बताए ।