आज :

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ: गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले भने, ‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढि नै प्राथमिकता दिएर कुनै पनि शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन र शान्तमय वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौं ।’

उप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने, कार्यान्वयन गर्ने र चिकित्सकहरूले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन् ।

सरकार र गृह मन्त्रालयसँग सम्बन्धित कुरालाई विशेष समस्यामा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal