
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले, स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउनेलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रमुख साहले शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको तर, विद्यालय संचालनमा अवरोध गर्न नहुने बताएका हुन् ।
सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको उनको भनाई छ । ‘झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ ।’
यसैगरी, उनले शिक्षा विधेयकमा असन्तुष्टि भएता पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन भनेका छन्। ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपु¥याउनुहोला,’ उनले लेखेका छन्, ‘यस्ता अवरोध पु¥याउनेलाई कानुनअनुसार कारबाही हुनेछ ।’
स्थानीय तहले आफ्नो आवश्यकता अनुसार शिक्षा नीति बनाउने अधिकार समेत रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै, बालेनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहेको बताएका छन् ।