Skip
आज :

शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै बाँकीः गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित लखन थापालाई प्रथम सहिद घोषणा गरेको ८औं वार्षिकोत्सव कार्यक्रममा उनले शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने बताए ।

‘शान्ति प्रक्रियाको अझै महत्वपूर्ण कार्यभार अझैपनि पुरा गर्न बाँकी छ । त्यो भनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार हो’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पुरा गर्ने गरी हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुपर्छ । नेपालमा द्वन्द्व पीडितलाई न्यायसहित दिगो शान्ति स्थापित गर्नुपर्छ ।’

उनले पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनमा त्यो सबै प्रेरणाको स्रोत लखन थापा भएको बताए । सहिदहरूले दिएको बलिदानहरुको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनु पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal