आज :

पाकिस्तालाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा, उपाधिको लागि आइतबार भारतसँग खेल्ने

  • अनलाइन डबली

काठमाडौं । ‍एसिया कपको उपाधिको लागि श्रीलंका भारतसँग भेड्ने भएको छ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई दुई विकेटको पराजित गरेसँगै उपाधिको लागि भिड्ने भएको हो ।

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको छ ।

खेलमा पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गरेको थियो ।

साविकको विजेता श्रीलङ्काले पर्सि आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ ।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए ।

कप्तान दुसान सानका भने दुई रनमै आउट भए । धनन्जय डा सिल्भा पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किए । दुनिथ वेल्लालागे ‘डक आउट’ भए । प्रमोद मदुसन पनि एक रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal