आज :

तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

  • अनलाइन डबली

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य ५६ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ३०० रुपैयाँमा विक्रि भएको छ । गाजरको मूल्य भने प्रतिकेजी १३० रुपैयाँमा विक्रि भईरहेको छ । घिउ सिमी लोकल ५०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, भटमासकोशा ११० रुपैयाँ तोकिएको छ । तितो करेला ९०, लौका ३०, परवल ४०, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ८०, स्कूस २५, प्याज हरियो १५०, रायो साग ९०, कुरीलो ४५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य प्रतिकेजी ३२० नै कायम छ । कागती १९०, अनार प्रतिकेजी ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ६०, मौसम १५०, कालो अंगुर ४५० र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal