आज :

खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ 

  • अनलाइन डबली
काठमाडौं । ११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको ११ औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागी हुने आयोजकले जनाएको छ ।
२७ गते देखि ३१ गते सम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीयआयोजक समिति गठन गरिएको छ । जस अन्तर्गत १० वटा उपसमिति रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु प्रिचालन गरिने आयोजकले जनाएको छ ।  प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११ औं सस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal