आज :

सबै मौलिक हकरुलाई लागु गर्न सरकार प्रतिवद्ध छ: उप महासचिव पुन

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

आईतबार काठमाडौंमा हरितालिका तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनद्धारा आयोजित अशक्त असहाय र दृष्टिबिहीनहरुका लागि राहत वितरण कार्यक्रममा उनले राज्यसँग भएको साधन र श्रोत अनुसार मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले भने,‘राज्यसँग क्षमता छैन् । क्षमता प्रर्याप्त छैन् । राज्यसँग जति साधन र श्रोत छ त्यहि अनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ ।’

उनले अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने अभ्यास सुरु भइसकेको भन्दै भने,‘आज अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने कानूनी व्यवस्था नै छ । त्यो अभ्यास सुरु भईसकेको छ । अपाङ्गता भएका या फरक क्षमता भएकालाई समाजमा हेप्न पाउदैन् । अरु नागरिक सरह समान अधिकार हुन्छ ।’

उनले माओवादीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको भन्दै सबै जनतालाई आफ्नो समस्या र सुझाव दिन आग्रह गरे ।

त्यस्तै अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष दीपक केसीले, आफूहरुले फरक क्षमता भएकाहरुका लागि राहत वितरण गर्ने अभियानलाई निरन्तर रुपमा गर्दै आएको स्मरण गरे ।
आउदाँ दिनमा पनि सहयोगको अभियान जारी रहने उनको भनाई छ ।

फरक क्षमता भएका धर्मेन्द्र गुप्ताले संगठनको कामको प्रशंसा गर्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal