आज :

बढ्यो हरियो तरकारीको मूल्य

  • अनलाइन डबली

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । हाज हरियो तरकारीमा प्रतिकेजी ५० रुपैयाँ सम्म मूल्य बढेर आएको छ ।

जसअनुसार आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभँेडा  सानो प्रतिकेजी ३५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज,७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । आज गाजर न्यूनतम प्रतिकेजी १२०,मूला रातो १००, घिउ सिमी लोकल ८०,भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ९०,लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ४५, घिरांैला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

आज लोकल सिमी गाँजर,करेलामा प्रतिकेजी १० रुपैयाँले मूल्य घटेर आएको छ । तर,डल्ले च्याउ र कुरीलोमा  हिजोको तुलनामा आज प्रतिकेजी ५० र कन्य च्याउमा २० रुपैयाँ बढेर आएको छ ।

आज डल्लेच्याउ प्रतिकेजी ३५०, कन्य च्याउ २००, कुरीलो ४५०,ब्रोकाउली  ३००, भिण्डी ५०, रायो साग १००, हरियो प्याज १८०,काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal