आज :

डा. सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले किन दल्यो कालोमोसो ? आइरन चक्कीदेखि यौन दुर्व्यवहारसम्म

  • अनलाइन डबली

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियालाई कालोमोसो दलेको छ । विहीबार विहान जनकारवाही स्वरुप कालोमोसो दलेको सो पार्टीले जनाएको छ ।

डा. चौरसियाले स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँगको मिलेमतोमा गरिब ११ करोड कमिसन खाएर १९ करोडको म्याद सकिएको आइरन चक्की खरिद गरेको, सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले, शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले डा. सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना राजनीतिक कार्यकर्ताकी श्रीमति र काभ्रेमा कार्यरत हुँदा जापनिज स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गरेका पनि आरोप लगाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले छरेको पर्चामा यो चेतावनीस्वरुप मात्रै भएको सरकारले चौरसियालाई निलम्बन गरी कारवाही नगरे भौतिक कारवाही गर्ने समेत चेतावनी दिइएको छ ।

 

यी  हुन् अरोपहरुः

१. स्वस्थ्य सेवा विभागमा सेटिङमा हुने भ्रष्टाचारको मुख्य नाइके भएकोले ।

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतसंगको मिलेमत्तोमा करिब ११ करोड कमिसन खाएर १९ करोडको आइरन चक्की खरिद प्रकरणका योजनाकार । उक्त आइरन बक्की म्याद सकिएको अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने र महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेकोले ।

३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार सम्बन्धी मुद्धालाई प्रभावित पार्न रकम बोकेर आयुक्त र कर्मचारीका घरघरमा पुग्ने गरेकोले ।

४. ठूलो कमिसनको सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले ।

५. शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत ।

६. काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना जापनिज स्वास्थ्य स्वयम् सेविकालाई यौन दुर्व्यवहार गरेर देशकै बदनाम गरेकाले

७. सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना राजनीतिक कार्यकर्ताकी श्रीमतिमाथि यौन दुर्व्यवहार गरेकोले ।

८. कृषि अनुदानको दुरुपयोग गरेकोले ।

यो चेतावनीस्वरुप गरिएको सांकेतिक कारवाही मात्रै हो । चौरसिया र यस्ता अरु भ्रष्टाचारी नसच्चिए र सरकारले कारवाही नगरे थप ठूलो कारवाही गर्न बाध्य हुनेछौं ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal